Kathmandu Press

केन्या भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

काठमाडाैं, भदाै ६ : नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ।सोमबार काठमाडौंमा क्यान अध्यक्ष चतुरबहादुर...
केन्या भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

काठमाडाैं, भदाै ६ : नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ।

सोमबार काठमाडौंमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गर्नुभएको हो। नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ।

५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ भने ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ। नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ।

त्यसपछि एकदिवसीय सिरिज हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन्।

बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले टीममा यसअघि देखिएको कमी कमजोरीलाई सुधारेर लैजाने बताए। उनले प्रतियोगीताका लागी राम्रो तयारी भएको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे। 

त्यस्तै क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टीम नयाँ उर्जाका साथ अघि बढेको र उत्साहित रहेको बताए। उनले यो सिरिजमा राम्रो अपेक्षा गरेको बताए। 

त्यस्तै क्यान अध्यक्ष चन्दले नेपाली टोलीलाई थप अनुभव हासिल गर्न केन्या भ्रमण महत्वपूर्ण हुने बताए। सिरिजका लागि नेपालले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको थियो।

प्रकाशित मिति: १४:४५ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्