Kathmandu Press

प्यूठानको सरुमारानीमा जिप दुर्घटना हुँदा नौजना घाइते

दाङ, भदौ ६ : प्यूठानको सरुमारानीमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।दाङको भालुवाङबाट प्यूठान बाग्दुलातर्फ जादै गरेको लु२ख ३५६९ नम्बरको जिप सरुमारानी...
प्यूठानको सरुमारानीमा जिप दुर्घटना हुँदा नौजना घाइते

दाङ, भदौ ६ : प्यूठानको सरुमारानीमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।

दाङको भालुवाङबाट प्यूठान बाग्दुलातर्फ जादै गरेको लु२ख ३५६९ नम्बरको जिप सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। गाडी सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ। 

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उद्धारपछि ६ घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ। बाँकी तीनजनाको भने प्युठानके मेडिकलमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार ब्रेक फेल भएर गाडी अनियन्त्रीत हुँदा दुर्घटना भएको हो। गाडीमा चालकसहित १४ जना सवारमध्ये पाँच जना भने सकुशल रहेको जनाइएको छ। 

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्