Kathmandu Press

गिरीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं, भदाै ६ : प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।सोमबार बसेको बैठकले कांग्रेस सांसद प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै...
गिरीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं, भदाै ६ : प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।

सोमबार बसेको बैठकले कांग्रेस सांसद प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव पढेर सुनाएको थिए। प्रतिनिधिसभाको अर्को बैठक भदाै ७ गते १० बजेका लागि बोलाइएको छ।

त्यस्तै सोमबार नै बसेको राष्ट्रियसभाको बैठकले पनि गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

राष्ट्रियसभाको अर्को बैठक भदाै १२ गते बस्नेगरि स्थगीत भएको छ।

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सांसद गिरीको ७५ वर्षको उमेरमा शनिबार निधन भएको थियो।

गिरीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। 

प्रकाशित मिति: १३:३८ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्