Kathmandu Press

सिट बाँडफाँँटबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, भदाै ६ : पाँचदलीय सत्तारुढ गठबन्धनको बैठक आज (साेमबार) बस्दै छ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द परियारले जानकारी...
सिट बाँडफाँँटबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं, भदाै ६ : पाँचदलीय सत्तारुढ गठबन्धनको बैठक आज (साेमबार) बस्दै छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द परियारले जानकारी दिए।

बैठककाे मुख्य एजेन्डा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट र तालमेलको मोडालिटी तय गर्नु रहेकाे जनाइएकाे छ।

सिट बाँडफाँँटका लागि गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले भदौ पहिलो साता प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने भए पनि सहमति जुट्न नसक्दा सिट बाँडफाँट पेचिलो बनेको छ। 

स्रोतका अनुसार तोकेको समयमा कार्यदलले प्रतिवेदन तयार पार्न नसकेपछि थप एक साता समय माग्ने तयारी कार्यदलको छ।

आगामी निर्वाचनमा गठबन्धन दलहरूले तालमेल गरेर चुनावी मैदानमा होमिने तयारी गरेकाे छ। तर कुन दललाई कति सिट दिने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्