Kathmandu Press

काठमाडौंमा १४ वर्षीया बालिका बलात्कारको आरोपमा दुई भारतीय पक्राउ

काठमाडौंमा १४ वर्षीया बालिका बलात्कारको आरोपमा दुई भारतीय पक्राउ

काठमाडौं, भदाै ६ : काठमाडौंमा १४ वर्षीया बालिका बलात्कार गरेको गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेको प्रहरीले जनाएको छ।

उनीहरूले ती बालिकालाई डरत्रास देखाएर ती बालिकालाई बलात्कार गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्