Kathmandu Press

वाइसिएलको अध्यक्षमा सुबोध सेर्पाली, महासचिवमा गणेश शाही

काठमाडौं, भदौ ६ : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षमा सुबोध सेर्पाली चयन भएका छन्।काठमाडौंमा आइतबार सम्पन्न वाइसिएलको...
वाइसिएलको अध्यक्षमा सुबोध सेर्पाली, महासचिवमा गणेश शाही

काठमाडौं, भदौ ६ : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षमा सुबोध सेर्पाली चयन भएका छन्।

काठमाडौंमा आइतबार सम्पन्न वाइसिएलको राष्ट्रिय भेलाले सेर्पालीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयर गरेको हो।त्यस्तै भेलाले गणेश शाहीलाई महासचिव बनाएको छ। ६१ जनाको पदाधिकारी निर्माण भएको वाईसीएलको केन्द्रीय समितिमा ३५१ सदस्य राखिने भएको छ । प

भेलाले ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ। जसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायत ६१ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ।

वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’, उपाध्यक्षमा सुबित ढुंगाना, मिङमा डण्डु शेर्पा र उमेश घोरासैनी तथा 
उपमहासचिवमा शंकर आचार्य चुनिएका छन्।

त्यसैगरी सचविहरु ललित श्रेष्ठ ‘अभियान’, दिपक डोटेल र दिनेश थपिलिया ‘आक्रोश’ तथा कोषाध्यक्षमा सन्तोष पनेरु चयन भएका छन्। 

शुक्रबार र शनिबारका लागि बोलाइएको भेला पद बाँडफाँटमा कुरा नमिलेपछि आइतबारसम्म लम्बिएको थियो। 

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्