Kathmandu Press

‘नेपाल आइडल–लाइभ इन सिड्नी’ भब्यरुपमा सम्पन्न   

सिड्नी, २७ माघ : नेपाली रियालिटी शो नेपाल आइडल सिजन २  बिजेता रबि ओडसहित टप ६ को  'लाइभ इन सिड्नी' गत शुक्रवार फेब्रुअरी ८ मा भ....

‘नेपाल आइडल–लाइभ इन सिड्नी’ भब्यरुपमा सम्पन्न   

सिड्नी, २७ माघ : नेपाली रियालिटी शो नेपाल आइडल सिजन २  बिजेता रबि ओडसहित टप ६ को  'लाइभ इन सिड्नी' गत शुक्रवार फेब्रुअरी ८ मा भब्यरुपमा  सम्पन्न भएको छ । नेपाली टचको आयोजनामा  सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ गायक–गायिकाहरुले बेजोड प्रस्तुती दिएका थिए । 

उक्त्त  सांगीतिक कार्यक्रममा १,३०० जनाभन्दा बढी सिड्नीका दर्शकहरुको उपस्थिति रहेको थियो | नेपाली टचका संस्थापक दिपेश पुनका अनुसार कन्सर्टमा १८ बर्ष माथिको मात्र परिचयपत्र देखाएर सहभागि हुन पाउने प्राबधान भएकोले र सिड्नीको प्रतिकुल वातावरण र ट्रेनको असुविधाका कारणले करिब ४०० भन्दा बढी दर्शक उपस्थित हुनसकेका थिएनन । 

Hardik ivf

उक्त्त कार्यक्रममा नेपाल आइडल सिजन ०२ का बिजेता रबी ओडले 'पिउँदिन भन्दाभन्दै पिलायो साथीले' लगायत ४, ५ प्रस्तुती दिएका थिए भने बिक्रम बरालले 'सालैजो' लगायत ४,५ वटा प्रस्तुती दिएका थिए । त्यस्तै सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल र पवन गिरीले ३,४ वटा गीतमार्फत आ-आफ्नो  बेजोड प्रस्तुति दिएका थिए । 

सो अवसरमा सिड्नीका स्थानीय कलाकारहरु सुगम जोशी, सुबास जे. खरेल र सुमेश मानन्धरलगायतले पनि प्रस्तुती दिएका थिए भने  कार्यक्रम सन्चालन नेपाल आइडलकी सन्चालिका तथा नायिका रिमा बिश्वकर्माले गरेकी थिइन |

नेपाली टचको आयोजानामा  भएको उक्त्त  सांगीतिक यात्राको सिड्नी संस्करणको मुख्य प्रायोजक संस्था एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिस रहेको थियो |

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, माघ २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्