सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने व्यक्ति पक्राउ
जाजरकोट, भदाै ६ : प्रहरीले नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेको छ।जाजरकोट नलगाड नगरपालिका–१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई...
जाजरकोट, भदाै ६ : प्रहरीले नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेको छ।
जाजरकोट नलगाड नगरपालिका–१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचयपत्र बनाई हिँड्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेका हो।
पक्राउ परेका गिरीका साथबाट नेपाली सेनाको सहसेनानी दर्जासहितको फोटो भएका परिचयपत्र समेतका कार्डहरु फेला परेकाे छ।
गिरिमाथि प्रहरीले थप अनुसन्धान थालेकाे जनाएकाे छ।
प्रकाशित मिति: ११:२९ बजे, सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











