दुई पेस्ताेल र गाेलीसहित दुई जना पक्राउ
माेरङ, भदाै ६ : मोरङकाे सुनवर्षी नगरपालिका-८ खरेवारीमा प्रहरीले पाेस्ताेलसहित दुई जनालाई पक्राउ गरेकाे छ।आइतबार खरेवारी सीमा इलाकाबाट सशस्त्र प्रहरीको टोलीले सोही ठाउँका...
माेरङ, भदाै ६ : मोरङकाे सुनवर्षी नगरपालिका-८ खरेवारीमा प्रहरीले पाेस्ताेलसहित दुई जनालाई पक्राउ गरेकाे छ।
आइतबार खरेवारी सीमा इलाकाबाट सशस्त्र प्रहरीको टोलीले सोही ठाउँका २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो।
को२७प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल, सोको एक वटा म्याग्जिन र एक राउण्ड गोली र अर्को एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो।
आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षीय नवीन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्रले धिमालले प्रयोग गरेको को२२प ६७०७ नम्बरको मोटरसाइकल, ४७ हजार ७७० रुपैयाँ र दुई थान मोवाइल सेटसमेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई बरामद हतियार र साधनसहित सशस्त्रले कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ।
यसै गरी सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले आइतबार नै सप्तरी जिल्लाको राजगढ नगरपालिका-२ बनैनिया सीमा इलाकाबाट एउटा कटुवा पेस्तोल
तथा सोको एउटा गोली बरामद गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्ना साथ उनीहरूले बोकेको शंकास्पद बस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा पेस्तोल र गोली भएको पुष्टि भएको हो।











