Kathmandu Press

महानगरले हटाउन थाल्याे 'अन्डरग्राउन्ड पार्किङ' क्षेत्रमा सञ्चालित पसल

मेयर बालेन शाहसहितकाे टोली आज 'अन्डरग्राउन्ड पार्किङ' क्षेत्रको अनुगमनमा पुगेका छन्।
महानगरले हटाउन थाल्याे 'अन्डरग्राउन्ड पार्किङ' क्षेत्रमा सञ्चालित पसल

काठमाडाैं, भदाै ६ : काठमाडौं महानगरपालिकाले 'अन्डरग्राउन्ड पार्किङ' क्षेत्रमा सञ्चालित पसल हटाउने अभियान सुरू गरेको छ। साेमबारदेखि महानगरले बानेश्वर क्षेत्रबाट अन्डरग्राउन्ड पार्किङ स्थलमा थापिएका पसलहरू हटाउन थालेकाे हाे।

सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि नै सूचना प्रकाशित गरेर समय दिएको थियो।

अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो।

मेयर बालेन शाहसहितकाे टोली आज 'अन्डरग्राउन्ड पार्किङ' क्षेत्रको अनुगमनमा पुगेका छन्।

प्रकाशित मिति: ११:०९ बजे, सोमबार, भदौ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्