कांग्रेस नेता गिरीको निधनप्रति विपी विचार राष्ट्रिय समाजद्वारा दुःख व्यक्त
काठमाडाैं, भदाैं ५ : विपी विचार राष्ट्रिय समाजद्वारा कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ।समाजका सभापति कुलबहादुर गुरुङ,...
काठमाडाैं, भदाैं ५ : विपी विचार राष्ट्रिय समाजद्वारा कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ।
समाजका सभापति कुलबहादुर गुरुङ, सहसभापति गोविन्दराज जोशी र महासचिव विनयध्वज चन्दले आज संयुक्त शोक विज्ञप्ति जारी गरी चिन्तनशील राजनीतिकर्मी गिरीको निधनले विपी विचार राष्ट्रिय समाज अत्यन्त दुःखी भएको बताए।
विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरीको अस्पतालमै शनिबार राति ९ः३० बजे निधन भएको थियो।
सभापति गुरुङले मृतक गिरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन। स्व नेता गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा–१ बाट निर्वाचित भएका थिए।











