युरो कप बास्केटबल सोमबारदेखि
काठमाडाैं, भदाैं ५ : युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १२ टोलीको सहभागिता...
काठमाडाैं, भदाैं ५ : युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १२ टोलीको सहभागिता रहने युरो स्कुलकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ। विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।
यु–१७ उमेरसमूहमा उक्त प्रतिस्पर्धा हुने छ। नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताका खेल हात्तीगौडास्थित कोर्टमा खेलाइने छ। फाइनल खेल यही भदौ १३ गते हुनेछ।
प्रकाशित मिति: १९:५८ बजे, आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











