Kathmandu Press

फेरिए काठमाडाैं महानगरपालिकाका नगर प्रहरी प्रमुख

फेरिए काठमाडाैं महानगरपालिकाका नगर प्रहरी प्रमुख

काठमाडाैं, भदाैं ५ : काठमाडाैं महानगरपालिकाका नगर प्रहरी प्रमुख फेरिएका छन।

महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन्।

काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन्। जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर साहको सचिवालयले जानकारी दिएको छ।

यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई प्रशासनतर्फ खटाइएकाे छ।

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्