Kathmandu Press

‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु’– झाक्री 

काठमाडौं, भदौं ५ : नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् ।‘गुल्मी...
‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु’– झाक्री 

काठमाडौं, भदौं ५ : नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् ।

‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु’, झाँक्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छन् । उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन् ।

झाँक्री गुल्मीकी स्थायी बासिन्दा हुन् । २०७४ आमनिर्वाचनमा गुल्मी २ बाट एमाले सचिव गोकर्ण विष्ट विजयी भएका थिए । यसपटक पनि विष्ट गुल्मीबाटै प्रतिस्पर्धाको तयारीमा छन् ।

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्