कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला मङ्गलबार हुने
काठमाडौं, भदौं ५ : सर्वोच्च अदालतले आज आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो मङ्गलवार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की,...
काठमाडौं, भदौं ५ : सर्वोच्च अदालतले आज आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो मङ्गलवार सुनाउने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले यो फैसला सुनाउने भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलवारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो ।
प्रकाशित मिति: १८:५१ बजे, आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











