थप २८६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, भदाै ५ : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर...
काठमाडाैं, भदाै ५ : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ८ सय १६ पिसिआर परिक्षणका क्रममा २ सय २ र १ हजार ६ सय ७ एन्टीजेन परिक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु भएको छैन। त्यस्तै थप ४ सय ७९ संक्रमित निको भएका छन्।
हाल नेपालमा ४ हजार ३ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: १८:०३ बजे, आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











