Kathmandu Press

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं, भदाै ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।उनले संघीय संसदकाे दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि...
राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं, भदाै ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

उनले संघीय संसदकाे दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ परिषद्‌ ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३लाई स‌ंशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्