Kathmandu Press

ब्राजिल र कोरियाका लागि नेपाली राजदूतले लिए शपथ

ब्राजिल र कोरियाका लागि नेपाली राजदूतले लिए शपथ

काठमाडौं, भदौ ५ : विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका छन्।

ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्‍योति प्‍याकुरेल (भण्डारी) ले राष्ट्रपति भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति थियो।

प्रकाशित मिति: १७:०० बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्