Kathmandu Press

आर्यघाट पुगेर ओलीद्वारा गिरीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, भदौ ५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले पशुपति आर्यघाट पुगेर दिवंगत नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।आर्यघाट पुगेर नेपाली कांग्रेसका नेता...
आर्यघाट पुगेर ओलीद्वारा गिरीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, भदौ ५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले पशुपति आर्यघाट पुगेर दिवंगत नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

आर्यघाट पुगेर नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गिरीकाे चितामाथि राखिएको शवमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिकाे शनिबार राति ९ः३० बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएकाे थियाे।

उनको शव अस्पतालबाट बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपा लगिएकाे थिए। दिउँसाे साढे २ बजे सानेपाबाट उनकाे शव आर्यघाट लगिएको थियो।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्