तत्काल कारबाही नहुँदा निर्वाचन बिथोल्नेकाे मनोबल बढ्दै : थपलिया
काठमाडाैं, भदाै ५ : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको बताएका छन्।आइतबार ललितपुरमा...
काठमाडाैं, भदाै ५ : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको बताएका छन्।
आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानूनबिपरित भएको भन्दै त्यस्ता तत्वलाई कारवाही हुन नसक्दा मनोवदन बढ्दै गएको बताएका हुन्।
उनले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भन ग्राहय नहुने भएकाले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको धारणा राखे।
उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोहि अनुरुप मिति तय गरेको जिकिर गर्नुभयो । एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उनको भनाइ छ।
थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएपनि आयोगले तीव्र रुपमा आफ्नो काम अघि बढाएको जिकिर गरे।











