Kathmandu Press

उपराष्ट्रपति पुनद्वारा गिरिको निधनमा शोक व्‍यक्त

उपराष्ट्रपति पुनद्वारा गिरिको निधनमा शोक व्‍यक्त

काठमाडौं, भदौ ५ : उपराष्ट्रपति नन्दबहादुर पुनले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक व्‍यक्त गरेका छन्।

उपराष्ट्रपतिको सचिवालयले आज (आइतबार) विज्ञप्ति जारी गरेर गिरिको निधनमा शोक व्‍यक्त गरेका हुन्।

‘सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ज्यूले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता माननीय प्रदीप गिरिज्यूको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ,' विज्ञप्तिमा भनिएको छ, 'उहाँले माननीय प्रदीप गिरीज्यूको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताउनुभएको छ।’

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्