Kathmandu Press

कांग्रेस नेता गिरिको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म 

काठमाडाैं, भदाै ५ : नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति लगिँदैछ।शवयात्रा सानेपा, सातदोवाटो,...
कांग्रेस नेता गिरिको शवयात्रा सातदोबाटो हुँदै आर्यघाटसम्म 

काठमाडाैं, भदाै ५ : नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी  कार्यालय सानेपाबाट शव यात्रासहित पशुपति लगिँदैछ।

शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हँुदै गौशला भएर पशुपति आर्यघाट पुग्ने पार्टी कार्यालयले जनाएको छ। 

आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरुले श्रद्धाञ्जली दिनेछन्। नेपाल प्रहरीको एक टुकुडीले उनको सम्मानमा सलामी अर्पण गर्नेछ। 

प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो।

उनको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा शिनबार राति ९ः३० बजे निधन भएको हो।

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्