सानेपामा नेता गिरिप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरु)
घाँटीको क्यान्सरका कारण शनिबार राति नेता गिरिको निधन भएका थियो।
काठमाडौं, भदौ ५ : विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एवं विभिन्न संघसंस्थाका व्यक्ति तथा शुभचिन्तकहरू मेडिसिटी अस्पताल प्रांगण र कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर नेपाली कांग्रेसका दिवंगत नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिप्रति श्रद्धाञ्जली दिएका छन्।

पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापा, ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणलगायतले मेडिसिटीमै पुगेर श्रद्धाञ्जली दिए।

त्यसैगरी कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता अर्जुन नरसिंह केसीलगायत नेताहरुले कांग्रेस पार्टी कार्यालय सानेपामा पुगेर गिरिलाई श्रद्धाञ्जली दिए।

घाँटीको क्यान्सरका कारण शनिबार राति नेता गिरीको निधन भएका थियो। गिरिको पार्थिव शरीर आज (आइतबार) बिहान साढे ११ बजेदेखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो। गिरिको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा हुने कांग्रेसले जनाएको छ। (तस्बिरहरू : रासस)

























