गिरीको विचारलाई अनुशरण गर्नुपर्छ : अर्थमन्त्री शर्मा
काठमाडौं, भदौ ५ : अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरीको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन्। स्वर्गीय गिरीलाई श्रद्धाञ्जली...
काठमाडौं, भदौ ५ : अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरीको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताएका छन्।
स्वर्गीय गिरीलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगेका उनले नेपाली राजनीतिमा गिरी अध्ययनशील र तर्कशील नेताको रुपमा स्थापित भएका र उनको विचारलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरी नेपाली कांग्रेसका साथै कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताए । ‘प्रजातान्त्रिक शक्ति र बामपन्थीलाई मिलाएर लैजानुपर्छ भन्ने उहाँको भावना आत्मासात् गरिएका कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो,’ उनले भने।
कांग्रेस नेता डा शेखर कोइरालाले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको बारेमा विश्लेषण गर्नसक्ने तर्कशील नेता गिरी भएको बताए । ‘पार्टीभित्र र अन्य कार्यक्रममा समेत स्पष्ट कुरा राख्नसक्ने गिरीको क्षमता थियो,’ उनले भने ।











