Kathmandu Press

प्रधानमन्त्री देउवाबाट गिरीप्रति श्रद्धाञ्जली

काठमाडाैं, भदाै ५ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता एवं सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।सभापति देउवाले...
प्रधानमन्त्री देउवाबाट गिरीप्रति श्रद्धाञ्जली

काठमाडाैं, भदाै ५ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता एवं सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सभापति देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको गिरीको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गरेका हुन्।

यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ,  महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गरे।

नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा शनिबार राति निधन भएको थियो।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ। उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्‍याइएको हो।

प्रकाशित मिति: १२:३० बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्