प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पेश हुने
काठमाडौं, भदौ ५ : आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ।आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। आजको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी...
काठमाडौं, भदौ ५ : आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ।
आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। आजको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी पेश हुने सम्भावित कार्यसूची रहेको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश हुने उल्लेख छ।
प्रकाशित मिति: ०८:२८ बजे, आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











