हामीले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं: राष्ट्रपति
काठमाडौं, भदौ ५ : कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्।नेता गिरिको गएराति ९ः३० बजे उपचारका...
काठमाडौं, भदौ ५ : कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन्।
नेता गिरिको गएराति ९ः३० बजे उपचारका क्रममा निधन भएको थियो। क्यान्सरबाट पीडित नेता गिरि एक महीनादेखि उपचाररत थिए।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत नेता गिरिको निधनको खबरले अत्यन्त दुःखी भएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शनिबार नेता गिरिको स्वास्थ्य अवस्थाको जानकारी लिन मेडिसिटी अस्पताल पुगेकी थिइन्।
राष्ट्रपति भण्डारीले भनेकी छन्, 'उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं।'
नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन्।
समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।
— Bidya Devi Bhandari (@PresidentofNP) August 21, 2022











