Kathmandu Press

नेता गिरिको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ।
नेता गिरिको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ।

क्यान्सरबाट पीडित ७४ वर्षीय नेता गिरिएको गएराति ९ः३० बजे उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। उनी एक महिनादेखि अस्पतालमा उपचाररत थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ। त्यसअघि बिहान ११ः३० बजेदेखि दिउसो २ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने भएको छ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले जनाएका छन्।

त्यस्तै, त्यो भन्दाअघि मेडिसिटी अस्पतालमा पनि अन्तिम श्रद्धाञ्जिलीका राखिने भएको छ। बिहान ९ देखि ११ बजेसम्म मेडिसिटीमा राखिने भएको हो।

विसं २००४ सालमा सिरहामा जन्मिएका समाजवादी चिन्तक गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। उनी हाल कांग्रेस केन्द्रीय सदस्य प्रतिनिधिसभा सदस्य रहेका थिए।

प्रकाशित मिति: ०६:५१ बजे, आइतबार, भदौ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्