नेता गिरिको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेपाली राजनीतिका वैचारिक र...
काठमाडौं, भदौ ४ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक गिरिको निधनको खबरले आफू निकै स्तब्ध भएको उनले बताएका छन्।
‘कांग्रेस नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु,’ उनले भनेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद खडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्छु।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएकाे थियो।
नेता गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल र ११ः३० देखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने छ । गिरिको अन्तिम संस्कार आइतबार नै पशुपति आर्यघाटनमा गरिने कांग्रेसले जनाएको थियो।











