Kathmandu Press

अन्तिम श्रद्धाञ्जलीका लागि नेता गिरिको शव आइतबार मेडिसिटी र पार्टी कार्यालयमा राखिने

नेता गिरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल र ११ः३० देखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने ।
अन्तिम श्रद्धाञ्जलीका लागि नेता गिरिको शव आइतबार मेडिसिटी र पार्टी कार्यालयमा राखिने

काठमाडाैं, भदाै ४ : नेपाली कांग्रेसका नेता तथा सांसद् स्वर्गीय प्रदीप गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल र पार्टी कार्यालय सानेपामा राखिने भएको छ।

घाँटीको क्यान्सर र निमोनियाबाट शनिबार राति ९ः३० बजे मेडिसिटी अस्पतालमा निधन भएका नेता गिरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल र ११ः३० देखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले बताएका छन्।

उनका अनुसार गिरिको अन्तिम संस्कार आइतबार नै पशुपति आर्यघाटनमा गरिने छ

तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको गिरिको क्यान्सर र निमोनियाको जटिलताका कारण ७५ वर्षको उमेरमा उनको निधन भएको हो।

भेन्टिलेटरमा उपचार हुँदै आए पनि परिवारको आग्रहमा उनलाई शुक्रबार त्यहाँबाट निकालेर आइसियुमा राखिएको थियो।

गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको थियो। करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि उनी नेपाल फर्किएका थिए। नेपाल आउनासाथ क्यान्सरकै कारण विभिन्न समस्यासँगै निमोनियासमेत देखिएपछि गत साउन १० गते उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो।

 

प्रकाशित मिति: २३:३४ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्