‘नेतृत्व आर्थिक मोहबाट मुक्त बन्नुपर्दछ’
कास्की, भदौ ४ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समाज र देशको नेतृत्व गर्छु भन्ने जो कोही आर्थिक मोहबाट मुक्त हुनुपर्ने बताएका छन्।नेपाली...
कास्की, भदौ ४ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समाज र देशको नेतृत्व गर्छु भन्ने जो कोही आर्थिक मोहबाट मुक्त हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिको तेस्रो अधिवेशन तथा तीज विशेष कार्यक्रमको उद्घाटन गर्दै उपसभापति गुरुङले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै बदल्न नसकिएको विद्यमान अवस्थामा नेतृत्वमा जानेहरू पारदर्शी एवं जनउत्तरदायी बन्नुपर्ने बताए।
देशका पूर्वपदाधिकारीका नाममा राज्यबाट लिइने सुविधा छोड्नुपर्ने बताउँदै उनले नेतृत्वमा इमान्दरिता र जिम्मेवारिता अपरिहार्य भएको उल्लेख गरे। उपसभापति गुरुङले नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई अझै बलियो बनाउँदै देखिएका विकृति, विसंगतीको अन्त्य गर्दै जानुपर्ने आवश्यकता पनि औँल्याए।
प्रकाशित मिति: २१:२५ बजे, शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











