कांग्रेसले भन्यो– गिरिको स्वास्थ्य अवस्था स्थिर
कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्र्दै मेडिसिटी अस्पतालमा उपचारत नेता गिरिको स्वास्थ्य अवस्था स्थिर बताएका छन्।
काठमाडाैं, भदाै ४ : नेपाली कांग्रेसले नेता एवं सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ।
कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्र्दै मेडिसिटी अस्पतालमा उपचारत नेता गिरिको स्वास्थ्य अवस्था स्थिर बताएका छन्।
‘नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ। कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ ।
घाँटीको क्यान्सरसँग जुधिरहेका नेता गिरीलाई निमोनियाले एकदमै च्यापेको छ । उनलाई शुक्रबारदेखि भेन्टिलेटरमा राखिएको छ।
प्रकाशित मिति: २१:१४ बजे, शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार