Kathmandu Press

सन्दीपले तीन विकेट लिएसँगै मेलबर्न सेमिफाइनलमा

काठमाडौं, माघ २७ : सन्दीप लामिछानेले तीन विकेट लिएसँगै सिड्नी सिक्सर्सलाई पराजित गरि मेलबर्न स्टार्स सजिलै बिग बास लिग (बिबिएल)को सेमिफाइनलमा प्रवेश ग....

सन्दीपले तीन विकेट लिएसँगै मेलबर्न सेमिफाइनलमा
एजेन्सी

काठमाडौं, माघ २७ : सन्दीप लामिछानेले तीन विकेट लिएसँगै सिड्नी सिक्सर्सलाई पराजित गरि मेलबर्न स्टार्स सजिलै बिग बास लिग (बिबिएल)को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको लिग चरणको अन्तिम खेलमा सन्दीपले मेलबर्नका लागि तीन विकेट लिएका हुन् । उनले आफ्नो पहिलो ओभरमै सिड्नी सिक्सर्सका टम करेनलाई एलबीडब्लूको धरापमा पारे । उनले पहिलो ओभरमा एक रन खर्चेर एक विकेट लिए ।

खेलको दशौं ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका उनले कसिलो बलिङ गरे । यो ओभरमा उनले ६ रन खर्चिए ।

त्यसपछि आफ्नो तेस्रो ओभरको चौथो बलमा बेन ड्वारस्वीसलाई क्याप्नट म्याक्सवेलको हातमा पहिलो स्लिपमा क्याच गराए । यो ओभरमा उनले एक रन मात्रै दिए ।

खेलको चौधौ ओभरमा आफ्नो अन्तिम ओभर लिएर आएका उनले चौथो बलमा ल्वीड पोपलाई स्टोइनिसको हातमा क्याच गराए । उनले ३.४ ओभर बलिङ गर्दै ११ रन खर्चेर तीन विकेट लिए ।

सन्दीप यूएईसँगको एकदिवसीय र टी-२० प्रतियोगिता खेलेर सिधै अष्ट्रेलिया उडेका थिए । यो जितसँगै मेलबर्न स्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।

एसय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १३.३ ओभरमा ७४ रनमै समेटियो । उसका लगातार विकेट झर्दै गए ।

यस अघि ब्याटिङ गरेको मेलबर्नले ६ विकेट गुमाएर एकसय ६८ रन बनाएको थियो । उसका लागि ग्लेन म्याक्सवेलले ४३ बलमा ८२ रन बनाए ।

अब सन्दीपको मेलबर्नले फागुन २ मा हबर्ट हरिकेन्ससँग खेल्ने छ । त्यस्तै, दोस्रो सेमिफाइनल फागुन ३ मा मेलबर्न रेनिगेट्स र सिड्नी सिक्सर्सबीच हुने छ ।

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, माघ २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्