Kathmandu Press

बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न आयोगको निर्देशन

काठमाडौं, भदौ ४ : निर्वाचन आयोगले बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।प्रदेश १ र गण्डकी प्रदेशले...
बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न आयोगको निर्देशन

काठमाडौं, भदौ ४ : निर्वाचन आयोगले बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशले ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ लागू गर्ने तयारी गरेपछि अयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न–नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको हो ।

योजना र बजेटमा नतोकिएको नयाँ कार्यक्रम सञ्चालन गर्दा मतदातालाई प्रभावित पार्ने एवं निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्न सक्ने देखिएकाले आयोगले त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिएको हो ।

विपद् व्यवस्थापनसम्बन्धी कार्य, मानवीय सहायता प्रदान र स्वास्थ्य महामारी रोकथाम गर्न आवश्यक कार्य बाहेक कुनै पनि प्रकारका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न तीनै तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रकाशित मिति: २०:३५ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्