माधव नेपाल भन्छन्– विचार मिल्नेसँग पार्टी एकताको सम्भावना छ
काठमाडौं, भदौ ४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विचार मिल्नेहरुसँग पार्टी एकताको सम्भावना रहेको बताएका छन्। पार्टीको काठमाडौं जिल्ला कमिटीको पूर्ण...
काठमाडौं, भदौ ४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विचार मिल्नेहरुसँग पार्टी एकताको सम्भावना रहेको बताएका छन्। पार्टीको काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले समान विचार भएका पार्टीसँग एकताको सम्भावना भएपनि एमालेसँग तत्काल एकता सम्भव नभएको बताए।
बैठकको उद्घाटन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले देशैभर साझा उम्मेदवार उठाउने बताताए। उनले गठबन्धनको सहयोगबाट स्थानीय तहको निर्वाचनमा सबै पार्टी लाभान्वित भएको बताउँदै मुलुकको समृद्धिका साथै राजनीतिक स्थिरताका लागि गठबन्धनको खाँचो भएको बताए।
सो अवसरमा अध्यक्ष नेपालले देशभर जनतालाई राजनीतिक रुपमा संगठित गर्न ७५३ पालिकामा पार्टीको संगठन विस्तार भइरहेको जानकारी दिँदै जनतामा चेतना भर्न र उनीहरुलाई जागृत गर्न कम्युनिष्ट पार्टीको भूमिका उल्लेखनीय बताए।
बैठकले एलपी श्रेष्ठको नेतृत्वमा २७१ सदस्यीय कमिटी चयन गरेको छ।











