Kathmandu Press

लोसपाका प्रदेश सांसद एमालेमा

लोसपाका प्रदेश सांसद एमालेमा

काठमाडौं, भदाै ४ : लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद प्रल्हाद गिरी नेकपा एमाले प्रवेश गरेका छन्।

मधेश प्रदेशका प्रदेशसभा सदस्य गिरीलाई काठमाडौं आयोजित एक कार्यक्रम एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्। गिरी पर्सा ३ (ख) बाट निर्वाचित भएका थिए।

गिरीसँगै नेकपा एकीकृत समाजवादी निकट युवा संघका सचिव अरूण यादव, जसपा निकट समाजवादी विद्यार्थी युनियनका सचिव सुजित गिरी पनि एमाले प्रवेश गरेका छन्।

यस्तै, शनिबारको कार्यक्रममा नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय सदस्य आलम गिर हुसेन, जिल्ला अध्यक्ष भुपेन्द्र साहलगायत पनि एमाले प्रवेश गरेका छन्।

प्रकाशित मिति: २०:१२ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्