‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ लागू नगर्न निर्वाचन आयोग निर्देशन
काठमाडाैं, भदाै ४ : निर्वाचन आयोगले परिचित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्देशन दिएको छ।प्रदेश १ र गण्डकी प्रदेशले निर्वाचन क्षेत्र...
काठमाडाैं, भदाै ४ : निर्वाचन आयोगले परिचित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम लागू नगर्न निर्देशन दिएको छ।
प्रदेश १ र गण्डकी प्रदेशले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेपछि आयोगले शनिबार विज्ञप्ति निकाल्दै सो कार्यक्रम लागू नगर्न निर्देशन दिएको हो।
यस विषयमा निर्वाचन आयोगले प्रदेश १ र गण्डकी प्रदेश सरकारसँग स्पष्टीकरण पनि माग गरेको छ। आयोगले निर्वाचन घोषणा भइसकेको तथा प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको पदावधि सकिन लागेको अवस्थामा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न लागेकोमा सोलाई रोक्न निर्देशन दिँदै आयोगले दुवै प्रदेशसँग स्पष्टीकर मागेको हो।
यस्ताे छ आयोगकाे पत्र


प्रकाशित मिति: १९:५४ बजे, शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











