केनको गोलमा टोटनहमको जित
काठमाडाैं, भदाै ४ : इंग्लिस प्रियिमर लिगमा एन्टोनियो कोन्टेको टिम टोटनहम विजयी भएको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा ह्यारी केनको गोल मद्दतमा...
काठमाडाैं, भदाै ४ : इंग्लिस प्रियिमर लिगमा एन्टोनियो कोन्टेको टिम टोटनहम विजयी भएको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा ह्यारी केनको गोल मद्दतमा उसले उल्भ्समाथि १–०को जित निकायो।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा केन गोल गरेका थिए। खेलको ६४औं मिनेटमा सन ह्युङ मिनको कर्ननमा इभान पेरेसिचले हेडिङमार्फत मिलाइदिएको पासमा अनमार्क रहेका केनले हेडिङमार्फत नै सहजै गोल गरेका थिए।
गोलसँगै प्रिमियर लिगमा केन नयाँ कीर्तिमान बनाए । उल्भ्सविरुद्धको गोलसँगै केन प्रिमियर लिगमा एकै क्लबबा लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । टोटनहमका लागि १८४ गोल गरेका सर्जियो अगुएरोलाई उछिनेका हुन्। अगुएरोले म्यान्चेस्टर सिटीका लागि १८४ गोल गरेका थिए।
त्यसपछि गोल नहुँदा टोटनहम अपराजित यात्रालाई कायमै राख्न सफल भयो। खेलमा पराजित भएपनि टोटनहममाथि वुल्भ्स हावी भएको थियो, तर गोल भने गर्न सकेन। उसले टोटनहमको पोस्टमा २० सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता, टोटनहमले ११ सट प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो।
यो जितसँगै टोटनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ। उसले ३ खेलमा २ जित र १ बराबरीसहित ७ अंक जोडेको छ।











