Kathmandu Press

लाखेमा मुख्यमन्त्रीले बजाए ढोलक

काठमाडाैं, भदाै ४ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार, संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन्।मुख्यमन्त्री राईले भोजपुरको...
लाखेमा मुख्यमन्त्रीले बजाए ढोलक

काठमाडाैं, भदाै ४ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कार, संस्कृति देशको अमूल्य सम्पत्ति भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन्।

मुख्यमन्त्री राईले भोजपुरको षडानन्द नगरपालिका–११ मा शनिबार आयोजित ‘लाखे नाच’ कार्यक्रमम बोल्दै सबै जातजातिको धर्म, संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन देशको साझा सम्पत्ति भएकाले यसको अस्तित्व जोगाउन राज्यले भूमिका खेल्नुपर्ने बताए।

‘यी विभिन्न संस्कार, संस्कृति हाम्रो देशको अमूल्य सम्पत्ति हुन्’, मुख्यमन्त्री राईले भने, ‘यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ । यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।’

गृहनगरको कार्यक्रममा मुख्यमन्त्री राई आफैँ ढोलक बोकेर नाचमा सहभागी भएका थिए भने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले पनि उनलाई साथ दिएका थिए।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजारलगायत ठाउँमा मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति: १९:११ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्