एस्टानासँग म्यानचेष्टर युनाइटेड स्तब्ध
एजेन्सी, मंसिर १३ : यूईएफए युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग स्तब्ध भएको छ।
एस्टानाको घरेलु मैदानमा ....

एजेन्सी, मंसिर १३ : यूईएफए युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग स्तब्ध भएको छ।
एस्टानाको घरेलु मैदानमा भएको खेलमा युनाइेटड २-१ गोल अन्तरले पराजित भएको हो। ।
खेलको १० औँ मिनेटमा जेसी लिंगार्डको गोलमा युनाइटेडले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफका सुरुवातमा नै दुई गोल खान पूग्यो । त्यसमा उसले एक गोल आत्मघाती गर्यो । ५५ औं मिनेटमा सोम्कोले गोल गर्दै युनाइेटडको अग्रतालाई बराबरीमा पुर्याए ।
६२ औँ मिनेटमा युनाइेटडका बेर्नार्टले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे । उनले दोस्रो हाफको सुरुवातमा नै यस्तै गोलको नजिक पुगेका थिए । तर त्यो बेला उनी बचेका थिए । यो हारले पनि युनाइेटडलाई फरक भने पर्ने छैन । उसले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको छ ।











