Kathmandu Press

घोषणापत्र बनाउने जिम्मा नारायणकाजीलाई, विद्यार्थी विवाद मिलाउने जिम्मा प्रचण्डलाई 

काठमाडौं, भदौ ४ : नेकपा माओवादी केन्द्रले छिट्टै पार्टीको विशेष अधिवेशन गर्नेलगायत विभिन्न निर्णय गर्दै स्थायी कमिटी बैठक सम्पन्न गरेको छ।पार्टी कार्यालय पेरिसडाँडामा...
घोषणापत्र बनाउने जिम्मा नारायणकाजीलाई, विद्यार्थी विवाद मिलाउने जिम्मा प्रचण्डलाई 

काठमाडौं, भदौ ४ : नेकपा माओवादी केन्द्रले छिट्टै पार्टीको विशेष अधिवेशन गर्नेलगायत विभिन्न निर्णय गर्दै स्थायी कमिटी बैठक सम्पन्न गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले छिटै पार्टीको बिशेष अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। बैठकले बिशेष अधिवेशनसम्मका लागि पदाधिकारी चयन गरेको उनले बताए।

बैठकले यसअघि स्थगीत भएको विभिन्न प्रदेशको बैठक तथा प्रशिक्षणको मिति तय गरेको छ। बैठकले रिक्त रहेका आयोग र विभागका सदस्य चयनका लागि केन्द्रीय कार्यालयसंग छलफल गरेर आगामी बैठकले टुङ्गो लगाउने प्रवक्ता महराले जानकारी दिए।

त्यस्तै बैठकले आगामी निर्वाचनलाई केन्द्रीत गर्दै निर्वाचनको घोषणापत्र तयार गर्न नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको छ भने विद्यार्थी संगठनको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको प्रवक्ता महराले बताए।  

बैठकले विशेष अधिवेशनसम्मका लागि पदाधिकारी चयन गरेको उहाले बताउनुभयो ।

बैठककाे निर्णयअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा बनेका छन् भने महासचिवमा देव गुरुङ चयन भएका छन्।

त्यस्तै उपमहासचिवमा हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत रहेका छन्।

त्यस्तै सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, लिलामणी पोखरेल, देवेन्द्र पौडेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य चयन हुनुभएको छ भने कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाइएको प्रवक्ता महराले बताए। 

‘विद्यार्थीमा देखिएको दुई समूहलाई मिलाउने निष्कर्षमा बैठक पुगेको छ। त्यसको जिम्मा अध्यक्षलाई जिम्मा दिइएको छ,’ उनले भने ।

अखिल क्रान्तिकारीको अधिवेशनबाट अध्यक्षमा पञ्चा सिंह चयन भएकी थिइन् । सोहस् कमिटीका उपाध्यक्ष रहेका पवन कार्कीले छुट्टै समानान्तर समिति गठन गरेका छन्।

श्रेष्ठको नेतृत्वमा गठित १७ सदस्यीय चुनावी घोषणा पत्र समितिका सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा रहेका छन्। गठबन्धनको तर्फबाट पनि साझा चुनावी घोषणापत्र आउने र पार्टीको तर्फबाट पनि घोषणा पत्र ल्याउने गरी समिति बनाइएको उपाध्यक्ष महराले बताए।

माओवादीसले चुनाव लक्षित प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम पनि गर्ने भएको छ। जस अनुसार भाद्र ८ गते मधेस प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ। ९ गते गण्डकी, १० गते प्रदेश १, ११ गते लुम्बिनी, १२ गते बागमती, १३ गते विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति, १६ गते कर्णाली र १७ गते सुदूरपश्चिम प्रदेशमा चुनावीलाई लक्षित गरी बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको महराले बताए।

 

प्रकाशित मिति: १७:४९ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्