Kathmandu Press

काठमाडौं उपत्यकामा ११५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ६५, ललितपुरमा ३८ र...
काठमाडौं उपत्यकामा ११५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ६५, ललितपुरमा ३८ र भक्तपुरमा १२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ४१ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार २ सय ४, ललितपुरमा ७ सय ६६ र भक्तपुरमा ७१ जना रहेको मन्त्रालयले जनाएको छ।

शनिबार देशभर २ सय ९९ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय २५ पुगेको छ।

प्रकाशित मिति: १६:५३ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्