परराष्ट्रमन्त्रीद्वारा उदयपुरको गिदेरी खोलाको मोटरेबल पुल उद्घाटन
उदयपुर, भदाै ४ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले उदयपुर जिल्लाको बेलका नगरपालिका ५ स्थित गिदेरी खोलाको नवनिर्वित मोटरेबल पक्कीपुलको उद्घाटन गरेका छन्।चौदण्डीगढी नगरपालिकाको वडा...
उदयपुर, भदाै ४ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले उदयपुर जिल्लाको बेलका नगरपालिका ५ स्थित गिदेरी खोलाको नवनिर्वित मोटरेबल पक्कीपुलको उद्घाटन गरेका छन्।
चौदण्डीगढी नगरपालिकाको वडा नं. ३ बसाहा हुँदै बेलाका नगरपालिकाको शिखरमाडी, पञ्चमुरे, खयरबनी, झोरपट्टा जोड्ने सडक अन्तर्गत पर्ने गिदेरी खोलामा निर्माण गरिएको मोटरेवल पक्कीपुलको मन्त्री खड्काले उद्घाटन गरेका हुन्।
उक्त पुल प्रदेश सरकारको सडक पूर्वधार तथा शहरी बिकास मन्त्रालय मार्फत १५ करोड ५ लाख लागत स्टमेट गरी निर्माण सम्पन्न गरिएको हो।
पुलको उद्घाटन गर्दै मन्त्री खड्काले आफुहरु संग धेरै किसिमका योजनाहरु रहेको भन्दै आफुमन्त्री भएर सुबिधा भोगी नभएको बताए। उनले आफ्नो लागी जनताका समस्या भन्दा मन्त्री पद ठुलो नभएको दाबी गरे।
७२.५ मिटर लम्बाई रहेको उक्त पुलमा १०.९ मिटर चौडाइ रहेको छ। पुलमा ३ स्पान रहेको छ। १५ करोड लागत स्टमेट तयार गरिएको भए पनि इलाइट सुर्य जेभी धरानले मुल्य समायोजन सहित ९ करोड ४२ लाख २२ हजार २ सय ५२ रुपैयाँमा पुल निर्माण सम्पन्न गरेको हो।














