Kathmandu Press

काेराेनाका कारण थप २ जनाको मृत्यु, नयाँ संक्रमित २९९ जना

हाल नेपालमा ४ हजार ६ सय २५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काेराेनाका कारण थप २ जनाको मृत्यु, नयाँ संक्रमित २९९ जना

काठमाडाैं, भदाै ४ : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ६ सय ७० पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र २ हजार ६ सय ६७ एन्टीजेन परिक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। त्यस्तै थप ५ सय ७७ संक्रमित निको भएका छन्। हाल नेपालमा ४ हजार ६ सय २५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२० बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्