Kathmandu Press

माओवादी केन्द्रमा देव गुरुङ महासचिव, अन्य पदाधिकारी काेकाे छन्?

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज (शनिबार) जारी स्थायी कमिटी बैठकमा प्रचण्डले गुरुङलाई महासचिवमा प्रस्ताव गरेका हुन्।
माओवादी केन्द्रमा देव गुरुङ महासचिव, अन्य पदाधिकारी काेकाे छन्?

काठमाडौं, भदौ ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता देव गुरुङलाई पार्टी महासचिव बनाउन प्रस्ताव गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज (शनिबार) जारी स्थायी कमिटी बैठकमा प्रचण्डले गुरुङलाई महासचिवमा प्रस्ताव गरेका हुन्।

प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल छन्।

यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिवमा प्रस्ताव गरिएको छ।

कोषाध्यक्षमा केन्द्रीय कार्यालय मुख्यसचिव श्रीराम ढकाललाई बनाउने प्रस्ताव भएको एक नेताले जानकारी दिए ।

महाधिवेशन सकिएपछि केन्द्रीय कमिटीको पहिलो बैठकबाट अध्यक्षमा प्रचण्ड चयन भएका थिए ।

दाहालले पदाधिकारीका नाम प्रस्ताव गरे पनि बैठकबाट उनको नाम अनुमोदन हुन भने बाँकी छ।  

प्रकाशित मिति: १६:०९ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्