Kathmandu Press

नेता गिरिकाे स्वास्थ्य लाभका लागि प्रार्थना गर्न पत्नी भारतीको अपिल

भारती सिलवाल गिरिले आज (शनिबार) एक वक्तव्य जारी गरे नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनाका लागि अपिल गरेकी हुन्।
नेता गिरिकाे स्वास्थ्य लाभका लागि प्रार्थना गर्न पत्नी भारतीको अपिल

काठमाडौं, भदौ ४ : ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। 

अहिले चौतर्फी रूपमा उनको स्वास्थ्यलाभको कामना गरिएको अवस्था छ। यसैक्रममा नेता गिरिकी पत्नी भारती सिलवाल गिरिले पनि पतिकाे स्वास्थ्यलाभका  लागि प्रार्थना गरिदिन सबैमा आग्रह गरेकी छन्। 

भारती सिलवाल गिरिले आज (शनिबार) एक वक्तव्य जारी गरे नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनाका लागि अपिल गरेकी हुन्।

उनले भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिमा त्यसका कारण समस्या देखिएपछि र निमोनिया भएपछि एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएको बताएकी छन्।

क्यान्सरका विभिन्न असर र निमोनियाका कारण गिरीका धेरै अंग फेल भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

अहिले पनि चिकित्सक टोली उपचारमा जुटिरहेको जानकारी दिँदै उनले सिंगो अस्पताल परिवारलाई धन्यवाद दिएकी छन् भने गिरिको स्वास्थ्यलाभको कामना गर्न सबैलाई आग्रह गरेकी छन्।

प्रकाशित मिति: १५:४९ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्