उपसभामुख पुष्पा भुसाललाई मातृशोक
काठमाडाैं, भदाै ४ : उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उनकी आमा ९१ वर्षीया शारदा गौतमको आज (शनिबार) बूढानीलकण्ठस्थित निवासमै निधन भएको...
काठमाडाैं, भदाै ४ : उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उनकी आमा ९१ वर्षीया शारदा गौतमको आज (शनिबार) बूढानीलकण्ठस्थित निवासमै निधन भएको हो।
दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसकी संस्थापकमध्येका एक बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्य मन्त्री काशीनाथ गौतमकी जीवन सँगिनी हुन्।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।
प्रकाशित मिति: १४:४० बजे, शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











