माओवादीको स्थायी कमिटी बैठक जारी, पदाधिकारी घाेषणा हुने
काठमाडौं, भदौ ४ : माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।बैठकमा पदाधिकारी घोषणाका साथै अन्य सांगठनिक संरचनाबारे महत्वपूर्ण निर्णय हुने नेताहरुले...
काठमाडौं, भदौ ४ : माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।
बैठकमा पदाधिकारी घोषणाका साथै अन्य सांगठनिक संरचनाबारे महत्वपूर्ण निर्णय हुने नेताहरुले बताएका छन्।
शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो।
महाधिवेशन भएको लामो समयसम्म बितिसक्दा पनि माओवादीले अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेकपदाधिकारी चयनलाई टुंग्याउन सकेको छैन।
अध्यक्षपछ सबैभन्दा शक्तिशाली मानिने महासचिव पदका लागि मात्रै सात नेताले दाबी गरेपछि पदाधिकारीको टुंग्याउन माओवादीलाई सकस परेको हो।
शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव राखेका थिए।
प्रकाशित मिति: १४:३३ बजे, शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











