Kathmandu Press

‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

काठमाडाैं, भदाै ४ : नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय  प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा...
‘शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’

काठमाडाैं, भदाै ४ : नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको छ।

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उनकै निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तर्राष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो।

नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड तथा युरोपेली युनियनका राजदूतको संयुक्त प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई भेटी नेपालको शान्ति प्रक्रिया टुंगाेमा पुग्दै गरेकामा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने बताउएका हुन्।

नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुले बताएको अध्यक्ष दाहालको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

सो अवसरमा उनीहरुले गम्भीर मानव अधिकार उल्लङ्घनका घटना र पीडितको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए।

प्रकाशित मिति: १३:३२ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्