Kathmandu Press

२२औं वाग्मती महोत्सव : थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ

काठमाडाैं, भदाै ४ : बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन २२औं वाग्मती नदी महोत्सव आयोजना गरिएको छ।नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक...
२२औं वाग्मती महोत्सव : थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ

काठमाडाैं, भदाै ४ : बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन २२औं वाग्मती नदी महोत्सव आयोजना गरिएको छ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले आयोजना गरेको महोत्सव थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङको आयोजना गरिएको थियो।

कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो। बागमती नदी महोत्सवको शहरी बिकासमन्त्री मेटमणी चौधरीले उद्घाटन गर्नुभएको थियो। सो क्रममा मन्त्री चौधरीले आगामी दिनमा बागमती नदी संरक्षणका लागि आफुले बिशेय ध्यान दिने बताए।

उनले बागमती नदी बचाउन अभियानमा सरकारको तर्फबाट पनि सकारात्मक भूमिका हुने जिकिर गर्नुभयो। बागमती नदी सफाई अन्तर्गत नदि किनारमा रहेका सुकुम्वासीको पनि उचित व्यवस्थापन गर्ने उहाको भनाई छ।

धार्मिक महत्व बोकेको बागमती नदीलाई संरक्षण गर्नका लागि र सवैलाई दायित्वबोध गराउनका लागि पनि महोत्सवको आयोजना गरिएको नाराले जनाएको छ।

कार्यक्रममा मन्त्री चौधरी, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह लगाएत पनि र्‍याफ्टिङमा सहभागी भएका थिए। 

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्